स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत नखुलेको नगद ६८ लाख रूपैयाँसहित ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् ।

प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।

ADVERTISEMENT

यसैगरी रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत महराजगंज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अंगद कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले लु.८८ प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?