सिरहा। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत बताउनुभएको छ ।
एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित कुनैपनि सहमति सम्झौता मान्य नहुने उहाँको भनाइ थियो । उहाँले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रदेश सभा सदस्य अशोक यादव र जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता