
काठमाडौं । योगी नरहरि नाथको दोस्रो ‘अभिनन्दन ग्रन्थ’ को विमोचन गरिएको छ । सिद्ध धर्म संघद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निरञ्जन पीठाधिश्वर १००८ अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । ढकाल राधेश्यामले योगी नरहरिनाथको अभिनन्दन ग्रन्थको समीक्षा गर्दै यस दोस्रो संस्करणमा योगी नरहरिनाथको योगदानको सम्बन्धमा १२६ जना लेखकका लेखहरू समेटिएको जानकारी गराउनुभयो । उहाँले सो ग्रन्थको अध्ययनपछि योगी नरहरिनाथको बहुआयामिक व्यक्तित्वबारे स्पष्ट हुने अवसर पाउने र नयाँ पुस्ताले योगी नरहरिनाथको योगदानबारे जानकारी हासिल गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो ।
समीक्षक राधेश्यामले नेपालको इतिहास, सन्धिपत्र, शिलालेखलगायतको अध्ययन गर्दै तथ्यका आधारमा इतिहासलाई नयाँ ढंगले लेख्ने, नारीको व्रतबन्ध गरी मन्त्रदानसमेत गरेर लैंगिक समानता अभियान चलाउने व्यक्तित्वका रूपमा योगी नरहरिनाथको पहिचान रहेको पुस्तकले उजागर गरेको बताउनुभयो ।
साहित्यकार रमा शर्माले आफ्ना पिता गोपाल पाँडे ‘असिम’ ले योगी नरहरिनाथसँगको सामीप्यमा रहेको चर्चा सुन्दै हुर्किएको स्मरण गर्दै योगी नरहरिनाथ आफ्नो सिद्धान्तमा दृढ रहने व्यक्तित्वका रूपमा चिनेको बताउनुभयो । पञ्चसत्व सनातनको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वामी सुशीलले आफू दरबार हाई स्कुलमा अध्ययन गर्दा पशुपति, गुहृयेश्वरी क्षेत्रको श्रद्धाका साथ भ्रमण दर्शन गर्ने क्रममा श्रद्धेय गुरु योगी नरहरिनाथसँग साक्षात्कार हुने अवसर मिलेको बताउनुभयो ।
उहाँले सो क्षेत्रमा बसेर योग सिकाउने अवसरका लागि पनि गुरु नरहरिनाथको कृपा रहेको बताउँदै उहाँको सान्निध्यमा रहँदा साधारण व्यक्तिका लागि चमत्कार सावित हुने थुपै्र घटनाको प्रत्यक्ष अनुभव मिलेको बताउनुभयो ।
त्यसैगरी रामकृष्ण आश्रमका एकानन्दले योगी नरहरिनाथलगायतले सनातनको वास्तविक इतिहास विश्वलाई बुझाउन सफल भएको बताउनुभयो । योगी नरहरिनाथको कृतित्वलाई सम्मान गर्न २०६१ सालमा हुलाक टिकटमात्र प्रकाशन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच