एजेन्सी । बुन्डेस लिगा लिगमा शीर्ष टोली बार्यन म्युनिखले सिजनको पहिलो हार बेहोरेको छ । शनिबार राती भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो । माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरवार्ड लि जे सुङले गर्नुभयो । बार्यनका लेरोय सानेले गोल गर्नुभयो । सुङले ४१औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
६०औँ मिनेटमा उहाँले अर्को गोल थप्नुभयो । खेल सकिन ३ मिनेट बाँकी सानेले गोल फर्काए पनि त्यसपछि बार्यनले गोल गर्न सकेन । १४ खेलपछि बार्यनको ३३ अंक छ । दोस्रो स्थानको लेभरकुसेनको २९ अंक पुगेको छ । माइन्ज २२ अंकसहित छैटौँ स्थानमा छ । अग्सबर्ग १६ अंक लिएर १३ औँ स्थानमा छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा