
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्षमा झापाका विष्णुप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न महासंघको तेस्रो महासभाबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । वरिष्ठ उपाध्यक्षमा काठमाडौंका विदुर धमला, उपाध्यक्षमा झापाका राजकुमार राई र काठमाडौंका दिपक कुँवर रहनुभएको छ ।
त्यस्तै बागमती प्रदेश उपाध्यक्षमा काठमाडौंका पुरुषोत्तम पौड्याल, महासचविमा भक्तपुरका रोशन भोयद्यो, सचिवमा मोरङका घनश्याम पोखरेल, कोषाध्यक्षमा कास्कीका अरुण स्तोम त्रिपाठी, लुम्बिनी प्रदेश सदस्यमा रूपन्देहीका दशरथ पौडेल, सुदूरपश्चिम प्रदेश सदस्यमा कैलालीका उपेन्द्रप्रसाद अवस्थी रहनुभएको छ भने सदस्यद्वयमा काठमाडौं र भक्तपुरका तुलसीप्रसाद अधिकारी तथा बहादुरकृष्ण ताम्राकार रहनुभएको छ ।
गण्डकी प्रदेश सदस्यमा लिलाबहादुर अधिकारी, कोशी प्रदेश सदस्यमा मणिकुमार प्रसाईं तथा मधेश प्रदेश सदस्यमा देवकुमार महतो निर्वाचित हुनुभएको महासंघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच