काठमाडौं । सौर्य अटोमोबाइल्स प्रालिले नेपालको प्रिमियम इलेक्ट्रिक गाडी इभीको क्षेत्रमा जेएमइभी जिएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । सर्वाधिक मूल्यवान प्रिमियम सेडानका रूपमा ख्याति कमाएको जेएमइभी जिएसइले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र विलासितापूर्ण डिजाइनको संयोजनमार्फत् दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको कम्पनी भनाइ छ । जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (जेएमइभी) द्वारा निर्मित जिएसई इभी नव पर्यावहनको उच्चतमस्तरको प्रतिबिम्ब भएको कम्पनीको दाबी छ ।
सन् २०१५ मा स्थापना भएको जेएमइभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट इभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीमध्ये एक हो । जसको सन् २०१९ मा रिनाउल्ट समूहले जेएमइभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि विश्वव्यापी बनेको थियो । जेएमइभीले विलासिता, व्यावहारिकता र पर्यावरणप्रति सजगताको संयोजन गर्दै गाडीमार्फत् अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीका अनुसार नेपालको विविध भूगोललाई मध्यनजर गरी गाडी तयार पारिएको छ । गाडीमा ४९ किलोवाट ब्याट्री जडान गरिएको छ भने चार सय २० किलोमिटरसम्म माइलेज, एक सय ७० ग्राउन्ड क्लिरेन्सलगायतका विशेषता रहेका छन् । जेएमइभी जिएसई ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध रहेको नेपालस्थित बिक्रेता सौैर्य अटोमोबाइल्सले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता