काठमाडौं । आइएजुकेसनलाइजद्वारा आयोजित इडियु भिजनरी समिट २०२४ शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख भारतीय युनिभर्सिटीका प्रतिनिधिहरू, एजुकेसनिष्ट र विद्यार्थीको सहभागिता थियो । सम्मेलन शैक्षिक अवसरको प्रचार गर्ने, नवप्रवर्तनात्मक कार्यक्रम प्रदर्शन गर्ने र विश्वव्यापी शैक्षिक सहकार्यलाई प्रोत्साहन गर्ने एक गतिशील प्लेटफर्मका रूपमा प्रस्तुत भएको थियो ।
कार्यक्रममा सहभागी प्रतिष्ठित संस्थाहरूले विद्यार्थीलाई विभिन्न जीवनोपयोगी कोर्स र अनुसन्धानसम्बन्धी जानकारी प्रदान गरेका थिए । कार्यक्रममा एमआइटी वर्ल्ड पिस युनिभर्सिटी, इक्फाइ युनिभर्सिटी, ग्राफिक एरा युनिभर्सिटी, सिल्वर ओक युनिभर्सिटी, गीताम युनिभर्सिटी, पिम्परी चिन्चवाड युनिभर्सिटी, मानव रचना युनिभर्सिटीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सोही अवसरमा काठमाडौंको डिएभी स्कुलका छ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । १६ डिसेम्बरमा डिपिएस धरानमा दुई सय विद्यार्थीको अर्को कार्यक्रम हुने पनि आयोजकले जनाएको छ । आयोजक संस्थाकी निर्देशक शिखा गुप्ताले सम्मेलनको प्रभावबारेमा टिप्पणी गर्दै भन्नुभयो, ‘यो कार्यक्रम विद्यार्थी र शीर्ष विश्वविद्यालयहरूबीचको खाडल पुर्दै उनीहरूलाई शिक्षण र करियरबारेमा सचेत निर्णय लिन यसले सहयोग गर्दछ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता