सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा बिहिबार भएका बोलेरो दुर्घटनाका घाइते मध्ये थप एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते भएका गोलञ्जोर गाउँपालिका-६ बस्ने ३५ वर्षीय पवन मर्साङ्गीको उपचारका क्रममा मृत्यु भएको हो ।
सिन्धुली अस्पतालमा उनकाे उपचारको क्रममा बिहिबार विहान ११ः३७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
यो सँगै दुर्घटनामा परेर मृत्युृ हुनेको संख्या तीन पुगेको छ । बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका-६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements