
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र न्युटन प्रथम जेवी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुई टिमसँगै फेरिल्याण्ड र ग्रिनल्याण्ड पनि क्वाटरफाइनलमा पुगे ।
लालीगुराँसले नवदीक्षितलाई २१-१६, न्युटनले त्रिवेणीलाई १९-१४, फेरिल्याण्डले स्किब्सलाई १९-१५ र ग्रिनल्याण्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १६-१४ ले पराजित गरे । लालीगुराँसकी प्रियान्शु पन्थले ९, फेरिल्याण्डकी करुणा बोगटीले ७ र ग्रिनल्याण्डकी विहनी राईले ९ अंक जोड्नुभयो ।
जुनियर ब्वाइजमा लालीगुराँसले न्युटनलाई १७-१३, गोल्डेनपिकले हिमरश्मीलाई ३६-२५, भ्याली पब्लिकले नाम्सलाई ३५-१६ र किङडमले एन्जल्स हार्टलाई १८-१७ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । लालीगुराँसका रोहित गुरुङले ६, गोल्डेनपिकका भुवन मण्डलले १२, भ्याली पब्लिकका अशोक विकले १७ र किङडमका पेम्बा दयाले ९ स्कोर गर्नुभयो । प्रतियोगिताअन्तर्गत लिग चरणका सम्पूर्ण खेल सकिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच