काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण आगामी चैतको मध्यमा सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच चैत १६ मा प्रतियोगिता सुरु गर्ने सम्झौता भएको आयोजकले जानकारी गराएको छ ।
एनएसइएमका प्रबन्ध निर्देशक श्रीयांश कार्कीले प्रतियोगिताको तेस्रो संस्करणको मिति घोषणा गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताउनुभयो । यसैगरी एन्फाका महासचिव किरण राईले पनि नेपाली फुटबल क्यालेन्डरमा एनएसएलले विशेष स्थान पाएको बताउनुभयो । चैत १२ गते नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएकाले एनएसएलका लागि यो उपयुक्त समय हुने उहाँको भनाइ थियो । एन्फाको आफ्नै आयोजनामा भने शीर्ष डिभिजनको लिगसमेत नभएको दुई वर्ष बितिसकेको छ ।






