काठमाडौं । विद्या विकासले १७औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा विद्या विकासले न्युस्टार पोललाई टाइब्रेकरमा पाँच-चार गोलले पराजित गर्यो । निर्धारित समयको खेल एक-एकको बराबरीमा सकिएको थियो ।
मूलपानी मैदानमा भइरहेको प्रतियोगिताको अन्य खेलमा एकलव्य, गोठाटार र कस्मिक इन्टरनेसनल एकेडेमी विजयी भए । एकलव्यले कोटदेवीलाई ६-०, गोठाटारले उज्ज्वल तारालाई ७-० र कस्मिकले एप्पल इन्टरनेसनल एकेडेमीलाई सडन डेथमा हराएका थिए ।






