✍️ सुरेशकुमार भट्ट
उहिल्यै गोरखाको पैरेनी भन्ने गाउँमा एउटा छोरा लिएर दुई बुढाबुढी बस्थे । तिनका अरू सन्तान पनि थिएनन् । छोरा रामु पनि ११ वर्ष लागिसक्यो । उसका दमली सबैको विवाह भइसक्यो तर रामको भने भयो भयो हुन्छ अनि बिग्रन्छ । तीन वर्ष भइसक्यो अहिलेसम्म १२/१५ वटा केटी हेरिसक्यो जब कन्याको हात माग्न गयो हुँदैन कोही भन्दैन छोराको विवाह पनि हुँदैन । सन्तु बुढा लुरुलुरु लौरो टेकेर दिक्क हुँदै घर फर्कन्छन् ।
बुढी तगारामा नै सोध्न पुग्छिन् र भन्छिन् भयो त काम बुढा ? बुढा भन्छन् ‘भैन पो बुढी रामे छोराको ब्या ता’ खुइइया गर्दै बुढा पिँडीको टाँडमा बस्छन् । बुढी नजिकै आएर बुढाको हातबाट लौरो तानेर लिन्छिन् र टाँडमुनि राख्दै भन्छिन् ‘पख पख बुढा मुहूर्त नआएर हो मुहुर्त आएसि घरमै दिन आउँछन् ।’ ‘खै कहिले आउला त्यो मुहर्ता नि म हिँडेको हिँडेई छु, होलाकिले छोड्ने छैन हुनी कहिल्यै होइन पो भो ए रामेकी आमा मुख सुक्यो मुइले खाम ।
मुखियाले पनि हुन्छ भने गाउँले सबैले हुन्छ किन नहुने भनेकाले सन्तु बुढा हुने भयो छोराको बिहा भनेर मनमनै ढुक्क भए । मुखियाले भने हामी घरकेटा हेर्न समय मिलाएर आउँछौँ । भयो तपाईंले एउटी छोरीको हात पाउनुभयो जानोस् भने ।
आज पारेकै छैन हिजोको अमिल्सियो कि ? राख्न त घैटोमा राख्या हो भुईंमा....’ भन्दै भित्र गएर घैंटो र काँसे बटुको लिएर आइन् बटुको सफा नदेखेकाले कम्मरबाट गुन्युको छेउ तानेर राम्रोसँग पुछेर टल्काइन् र मोही सार्दैथिन् बुढाले भने ‘पख चाखुम् अम्लो भए पानी हाल्नु प¥यो’ भनेर हात लम्काएर चुप्प ताने । ‘ए अलिकति सक्खर ले त बुढी जा जा भनेपछि जुरुक्क उठिन् र भनिन् अमिलै छर अमिलै भए नखाऊ हिँडेर आ’को गानामा लाग्ला नि फेरि ।’ ‘तेस्तो त होइन तै नि गुलियो खाए एक छिन् भोक टर्छ थकाइ मर्छ भनेर । बुढीले सक्खर हालेर डाडुले फिटिन र देब्रे हातमा डाडुले तुरुक्क पारेर सुरुप्प पारिन् । ‘मीठो भा’छ अमिलोको दाग पनि छैन लो खाऊ’ भनेर बटुकाभरी राखिदिइन ।
बुढाले दुई हातले डबका समाएर घटघट मोही पिएर फेरि डबका थापे ‘लौ खाऊ शित्तल हुन्छ’ भनेर बुढीले घैंटैले खन्याइदिइन् । बुढाले दुई हातले अँठ्याएर घट्घटी तानेर ढ्याऊ गरेर डकारे । त्यही बेला रामे आइपुगेर बाउलाई सोध्यो बाउ काँ गएर आ ?’ ‘मलाई के ल्याइँदिएऊ ।’ बिचरा अन्जान बालक त्यसभन्दा के भनोस् । बुढाले टाउको मसार्दै भने तँलाई नै स्वास्नी खोज्न गा खोइ पाइएन ।’ ‘काँ हराथ्यो र त्यो स्वास्नी ?’ बुढाबुढी नै मुखामुख गरेर हाँसे अनि बुढाले भने ‘कान्छा तँ सक्खर मोईमा हालेर खाने कि त्यसै ?’
‘नाई बा मत त्यसै हातमा लेर खान्छु’ ‘ल ल खा जा त्यो हाडे सक्खर दे छोरालाई मुखमा लिई राख्छ । सधैँ त्यही त खा’छ नि भन्दै भित्र गएर हातमा ल्याएर दिइन् । रामेले दाहिने हात थाप्यो अलि पर गएर दाहिने चाट्यो देब्रेमा राख्यो फेरि दाहिनेमा सा¥यो देब्रे चाट्यो यसरी नै सक्कर अलि अलि भिजेको पग्लिएर गुलियो आउँदा मख्खै थियो रामे । ‘एउटा छोरो पुल्पुलिएर अझै केटाकेटी नै छ जस्तो पारा रामेको हेर बुढी’ भन्दै बुढा सुत्न गए । त्यस दिन साँझ परेकाले खानपान गरे सुते ।
भोलिपल्ट बिहानै उठेर बुढाले टाँडमुनिबाट बाघकाने जुत्ता झिकेर लाए । लौरो थुतेर हातमा लिँदै भने, ‘अइ बुढी सुन्त म आज गैरीगाउँ जान्छु । त्याँ मुख्या कान्छाका छोरीहरू तीन चार बहिनी छन् रे दि पो हाल्छन्कि हाम्रो नि एउटै छोरो त छ । एउटालाई दूध चुस्नु र भात उकेल्न पुगिहाल्छ हाम्रो पो के कमी छ र है खुम्चिएर बस्नु । ल घर वस्तुभाउ र रामेको ख्याल राख, म हिँडे’ भनेर बुढाले आँगनमा लौरो टेके बुढीले भनिन् पख त भन्दै भित्र गएर दही र सक्खर डाडुमा ल्याएर मुख सिद्धि गरेर जाऊ । आज त काम हुन्छ है सोम खेती बुध घर भन्छन् आज त बुधैबार पर्या छ ।
छोराको विवाहलाई हजुरहरूकै तिर कन्याको हात माग्न आथेँ । कसकी छोरीलाई हजुरहरूकै भनेर आएको भेट भएन संयोग बाटोमा भेट भइयो । ए मैले नि बल्ल चिने । यिनले त अघि नै भनेकी थिइन् । अरू कुरा अहिले अरू केही नबोलौं होला हजुर भनेर नबोली नबोली हिँडे । बुढा पनि आफ्नै बाटो लागे ।
बुढाले पनि क्वाप्प मुखमा राखेर दही सक्खर चपाउँदै बाटो लागे । रामे अक्क न बक्क न परिपक्व बिचरा हेरि मात्र रहृयो । आमाले बाउलाई दिँदा दिएको भस्के सक्खर बल्ल मुखमा हालेर फुत्त हाम्फाल्दै तल्तिर गयो । बुढी आफ्नै धन्दामा लागिन् ।
बुढा गैरीगाउँ पुगेर जो जो भेट भए सबैलाई आफ्नो कुरा राखे । सुन्नेले पनि काइदा राम्रो कुरा भन्नुको घर छ तपाईंको एउटा छोरा तिर्पिन्तास छ एउटालाई लाउन खान उकेर्नु भाग्यमानीले मात्र पाउँछ । त्यस्तो घरकेटा भने । मुख्या कान्छा परारै विदेश पसिसकेका, मुखिनी कान्छी माइत गएकी रहिछन् भेट भएन । मुखियाले पनि हुन्छ भने गाउँले सबैले हुन्छ किन नहुने भनेकाले सन्तु बुढा हुने भयो छोराको बिहा भनेर मनमनै ढुक्क भए । मुखियाले भने हामी घरकेटा हेर्न समय मिलाएर आउँछौँ । भयो तपाईंले एउटी छोरीको हात पाउनुभयो जानोस् भने ।
बाटामा हिँड्दै गर्दा थकाइ मार्न चौतारी पेटीमा उक्लेर बरको पातले ढुंगा सफा गरेर बसेपछि यसो हेर्छन् त कन्याको हात माग्न गएको घरका आमाबा जुटेर खुइए गर्दै चौतारीमै उक्लेर बस्दै भने, ‘हजुरको घर कता पर्यो होला ? मेरो हजुर पैरेनीमा हो । यता कता आउनु भाथ्यो ?
छोराको विवाहलाई हजुरहरूकै तिर कन्याको हात माग्न आथेँ । कसकी छोरीलाई हजुरहरूकै भनेर आएको भेट भएन संयोग बाटोमा भेट भइयो । ए मैले नि बल्ल चिने । यिनले त अघि नै भनेकी थिइन् । अरू कुरा अहिले अरू केही नबोलौं होला हजुर भनेर नबोली नबोली हिँडे । बुढा पनि आफ्नै बाटो लागे ।
घरनेरको चौतारामा सन्तु बुढा पुग्दा त टन्नै मान्छे बसि’रा रहेछन् । झ्याप्पै हर्राबोटेले सोधिहालेल ‘ए सन्तु दाइ के भो त बरुको कुरा ? यसपालि त भयो होला नि होइन ? अरूले थपे होला होला बुढा रसिला र हँसिला हुँदै आ’छन् होइन त सन्तु दाइ ?’ बडहर पाटेले थपिहाल्यो । अन्तु कान्छाले भने ‘आर जो अर च्यार चाहिँ भन्नुपर्यो ।’
भन्नुपर्यो भन न त नि के भयो ? सन्तुले भने आ कान्छा भएन भनौँ भयो, भयो भनौँ के भयो के भयो ?’ ‘के भो ?’ उत्सुक भएर सबैले एकै स्वरमा सोधे । सन्तुले भने ‘गाउँघर सबैले दिए, तर केटीका बाबुआमा बोल्या छैनन् ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता