
जुम्ला जिल्लाको सिञ्जा गाउँपालिका २ रनुखानामा बुबा सौर्य कामी र आमा पम्फा कामीको कोखबाट जन्मिनुभएका बिर्ख विश्वकर्मा यतिबेला नेपाली गीत संगीतको फाँटमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहनु भएको छ । ‘मञ्जरी’, ‘बाटुली, ‘शुभकामना समवेदना’, ‘सुनको चुरा’, ‘अब त अत्ति भो’, ‘मन परेको चुरा’, ‘विधुवा’, ‘चेलीको वेदना’, ‘उनी त मेरै हुनेवाली हुन्’ जस्ता सयौँ लोकप्रिय गीतका सर्जक बिर्ख यतिबेला भने ब्लड क्यान्सरसँग लडिरहनु भएको छ । पछिल्लो समय आफ्नो स्वास्थ्यमा धेरै सुधार आएको बताउनुहुने उहाँका यो बीचमा पनि केही गीत श्रोता/दर्शकमाझ आएका छन् । उहाँले आफ्नै रचना र संगीतमा पनि केही गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । उहाँका केही गीतले अवार्ड चुम्न पनि सफल भएका छन् । २३ वर्षीय बिर्खको सपना गीत संगीतका क्षेत्रमा सफल बन्नु रहेको छ । सयौँ गीत र म्युजिक भिडियोमा काम गर्नुभएका उहाँले मान्छेले सपना देख्न छाड्नु हुँदैन भन्नुहुन्छ । एक वर्षअघि रगतको क्यान्सर पुष्टि भएपछि उहाँको सांगीतिक करिअरमा धक्का लागेको छ तर, विचलित नभईकन अघि बढिरहनु भएको छ । सेकेण्ड स्टेजको क्यान्सरबाट पीडित बिर्खले नियमित उपचार गराइरहनु भएको छ । भारतमा उहाँको उपचार भइरहेको छ । दश वर्षको सांगीतिक करिअरमा गाएका सयौँ गीतले उहाँलाई जीवनप्रति आशा दिइरहेका छन् । बिर्खको आत्मबल बढाउन धेरैले साथ सहयोग पनि पुर्याइरहेका छन् । मान्छेले जुनसुकै परिस्थितमा पनि आफ्नो सपना देख्न छाड्नु हुँदैन भन्नुहुने गायक बिर्ख विश्वकर्मासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
० यहाँको स्वास्थ्यका बारेमा बताइदिनुहोस् न, कस्तो छ अहिले ?
पहिलाभन्दा अहिले निकै राम्रो भएको छ । यहाँहरू सबैको आशीर्वाद भगवानको कृपा, चिकित्सा क्षेत्रको योगदानले मैलै स्वास्थ्य लाभ गरिरहेको छु । यहाँहरू सबैलाई थाहै छ म केही समयदेखि ब्लड क्यान्सरसँग लडिरहेको छु । धेरैले साथ सहयोग गरिरहनु भएको छ आभारी छु ।
जुम्लाका २३ वर्षीय बिर्खको सपना गीत संगीतका क्षेत्रमा सफल बन्नु हो । सयौँ गीत र म्युजिक भिडियोमा काम गर्नुभएका उहाँ मान्छेले सपना देख्न छाड्नु हुँदैन भन्नुहुन्छ । एक वर्षअघि रगतको क्यान्सर पुष्टि भएपछि उहाँको सांगीतिक करिअरमा केही धक्का लागेको छ तर, विचलित नभईकन अघि बढिरहनु भएको छ । सेकेण्ड स्टेजको क्यान्सरबाट पीडित बिर्खले नियमित उपचार गराइरहनु भएको छ । भारतमा उहाँको उपचार भइरहेको छ । दश वर्षको सांगीतिक करिअरमा गाएका सयौँ गीतले उहाँलाई जीवनप्रति आशा दिइरहेका छन् । क्यान्सरपीडित बिर्खको आत्मबल बढाउन धेरैले साथ सहयोग पनि पुर्याइरहेका छन् ।
० यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको लगाव गीत संगीततिर थियो त्यसैले यो क्षेत्रमा हेलिँदै गएँ । म यो क्षेत्रमा आउनुको एउटै कारण नेपाली गीत संगीतमा आफ्नो योगदान गर्न सकूँ भन्ने ठूलो चाहना छ । त्यसैकारण म यो क्षेत्रमा छु ।
० औपचारिक रूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
म यो क्षेत्रमा २०७१ सालदेखि निरन्तर छु ।
० बिर्ख विश्वकर्मा को हो ?
बिर्ख विश्वकर्मा नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने सम्मान गर्ने र संगीतलाई आफ्नो भगवान र जिन्दगी ठान्ने व्यक्ति हो ।
० तपाईंका गीतको संख्या कति पुग्यो ?केहीको नाम लिनुपर्दा ?
मेरो गीतको संख्या २८० जति पुग्यो होला । ‘मञ्जरी,’ ‘बाटो लिए,’ ‘बाटुली’, ‘उनी त मेरै हुनेवाली हुन्,’ ‘शुभकामना समवेदना,’ यस्तै, देउडा दशैं तिहार तीजका थुप्रै गीत छन् ।
० तपाईं कसका लागि गीत गाउनुहुन्छ ?
आफ्नै लागि, सामाजका लागि, देशका लागि । म सबैका लागि गाउछु । दिन दुःखीहरूका लागि, सभ्य समाजका लागि, असल शासनका लागि, देश भक्तिका लागि, असल राष्ट्र निर्माताका लागि, आफ्नो कथा व्यथाका लागि, वास्तविक संस्कारका लागि, यथार्थ संस्कृतिका लागि तथा समस्त सभ्य दृष्टिकोणका लागि ।
० गीत संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
गीत संगीतमा न वर्ग छ न विभेद छ, न त आफ्नो छ न त पराया, किन भने यो गीत संगीतभित्र नरमाउने सजीव प्राणी कोही पनि छैन । गीत संगीतले दुःख पीडालाई निभाउछ, उमंगता प्रदान गर्छ, हसाउँछ रमाउँछ । जीवनका हरेक मोडमा यसले तपाईंलाई साथ दिन्छ ।
० जीवन र संगीतलाई कसरी बुझ्ने ?
जीवन नै संगीत हो र संगीत नै जीवन हो ।
० अन्त्यमा ?
मेरा गीतलाई, मेरा सिर्जनालाई मन पराइदिनु भएको छ सबैप्रति आभारी छु । माथि पनि उल्लेख भयो पछिल्लो समय म बल्ड क्यान्सरसँग लडिरहेको छु । उपचार भइरहेको छ । मलाई साथ सहयोग गर्नुहुने सबैप्रति आभारी छु । नेपाली गीत संगीत फाँटमा अझै धेरै सिर्जना पस्किन चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच