लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ । प्लेअफबाट बाहिरिसकेको लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग पाँच रनले पराजित भएको हो ।

कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे ।

ADVERTISEMENT

आजको दोस्रो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुँदैछ। खेल दिउँसो १ बजेदेखि सुरू हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?