
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा टस जितेर विराटनगरले ब्याटिङ रोजेको हो ।
आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।
जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन् ।
विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।
यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।
थप सामग्री स् जततउकस्ररभजष्mबबिथबतष्mभक।अयmरद्दण्द्दद्धरज्ञद्दरद्दढज्ञज्ञज्ञढर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच