काठमाडौं । ज्ञानभूमि र कान्तिपुरले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत तानडोरीको उपाधि बुधबार जितेका छन् । ज्ञानभूमि छात्र तथा कान्तिपुर छात्रामा पहिलो भए । एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको छात्रमा कान्तिपुर दोस्रो तथा पिक प्वाइन्ट तेस्रो भए ।
भीमसेनगोलास्थित अमर आदर्श स्कुलमा भएको प्रतियोगिताको छात्रामा पिक प्वाइन्ट दोस्रो तथा मिलन धर्मस्थली तेस्रो बने । योसँगै विभिन्न चार खेल समावेश खेलकुद सप्ताहमा तीन खेलको प्रतिस्पर्धा सकिएको आयोजकले जनाएको छ ।
यसअघि छात्र फुटसल तथा छात्र/छात्राको कबड्डी सम्पन्न भएको थियो । फुटसलमा अमर आदर्शले उपाधि जित्यो । कबड्डीमा भीमेश्वर एकेडेमीले दोहोरो उपाधि चुमेको थियो । बिहीबारदेखि छात्र बास्केटबल हुने छ । सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा हुने बास्केटबलमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।






