काठमाडौं । दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इण्डिया वल्र्ड-२०१८’ नव्याश्री अभिनीत ‘रूपकी रानी, सेरको राजा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण केसी एवं सदीक्षा कट्टेलको स्वर रहेको सार्वजनिक गीतमा कृष्ण केसीको संगीत र शब्दरचना नव्याश्रीकै रहेको छ ।
गीतको भिडियोमा दुर्गेश थापा र नव्याश्रीको प्रमुख भूमिका छ भने राजकुमार थापा र प्रकाश कँडेल खलनायकका रूपमा देखिनुभएको छ । क्रान्ति केसीको निर्देशन, सम्पादन र भिएफएक्स रहेको गीतमा छायांकन अजय रेग्मीले गर्नुभएको छ भने द्वन्द्व निर्देशन रमेश मगरको छ ।
कोलकातामा जन्मिनुभएकी नव्याश्री दार्जिलिङकी स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ काठमाडौंमा रहेर मोडलिङ र अभिनय क्षेत्रमा अघि बढिरहनुभएको छ । बाल्यकालदेखि नै अभिनय र मोडलिङमा रुचि राख्ने नव्याश्रीले १५ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वल्र्ड २०१८’, ‘मिस टिन रिपब्लिक अफ इण्डिया २०१८’, र ‘मिस नोटिस २०१८’ जस्ता सौन्दर्य प्रतियोगिता जित्नुभएको थियो ।






