
काठमाडौं । आज (शनिवार)देखि काठमाडौंमा सुरु हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नेपाली क्लब हेल्प नेपाल स्पोर्ट्स क्लबले उद्घाटन खेलमा भारतको क्यालिकट हिरोजसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा तीन बजे सुरु हुनेछ ।
पहिलो दिनै नेपालको अर्को क्लब गण्डकी प्रदेशले माल्दिभ्सको एचडिसी क्लबसँग खेल्नेछ । यो खेल साँझ साढे पाँच बजे सुरु हुनेछ ।
अन्य दिनको खेलहरू भने दिउँसो साढे २ र साँझ ५ बजे सुरु हुनेछ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को कार्यक्रमअनुसार नेपाल भलिबल संघको आयोजनामा हुन लागेको काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपालका दुईसहित पाँच क्लबको सहभागिता छ ।
नेपालबाट आठौँ एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले खेल्दै छन् । यस्तै, भारतको क्यलिकट हिरोज, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौर क्लब छन् ।
सिंगल राउण्ड रोविनका आधारमा लिग चरणमा कुल १० खेल हुनेछन् । त्यसपछि शीर्ष चार टोलीले सेमिफाइन खेल्नेछ ।
लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र चौथो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ । फाइनल खेल डिसेम्बर १४ अर्थात् मंसिर २९ गते हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच