व्यवसायीलाई धम्की दिने पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता

प्रतिकात्मक तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’ को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका-१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । फुँयाल यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेकोसमेत खुल्न आएको छ ।

ADVERTISEMENT

प्रहरीले उनको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?