काठमाडौं । बलिउडका चर्चित कमेडियन तथा अभिनेता सुनिल ग्रोवर नेपाल आइपुग्नुभएको छ । उहाँ बिहीबार काठमाडौंको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ आज (शुक्रबार मंसिर १४ गते) हुने सुनिल ग्रोवर ‘लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिनका लागि नेपाल आइपुग्नुभएको हो ।
उहाँले काठमाडौं नयाँबानेश्वरस्थित होटल एभरेष्टको मैदानमा आफ्नो प्रस्तुति दिन लाग्नुभएको छ । सुनिल ग्रोवर लाइभ इन नेपाललाई लिक्विट इन्टिलिजेन्सले आयोजना गर्न लागेको छ । काठमाडौं बसाइमा सुनीलले पशुपतिनाथ मन्दिर पनि दर्शन गर्ने जनाइएको छ । उहाँ शनिबार भारत फर्किने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts