क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पक्राउ

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । बारा प्रहरीले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाका हत्याका मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपी आदर्शकोतवाल गाउँपालिका-२ का सुरेन्द्र कुशवाहालाई सार्वजनिक गर्नु भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उपरिक्षक खडकाले ६ महिनाको अथक प्रयास पछि आरोपी अभियूक्त कुशवाहालाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषण प्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी खुलाएका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहा कहिले भारतको बिभिन्न ठाउँमा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए, प्रउ खडकाले भन्नुभयो,‘ सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा मोरङ्गबाट मंसिर १२ गते उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका व्यक्ति भएको प्रउ खडकाले बताउनुभयो ।

ADVERTISEMENT

सुरेन्द्र कुशवाहासहित १७ जनाको मिलोमतोमा क्याम्पस प्रमुख कुशवाहाको हत्या गरिएको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

कुशवाहा हत्या अभियोगमा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको र ८ जना पुर्पक्षको लागि कारागार गएका उहाँले बताउनुभयो ।

घटनामा प्रयोग भएको हतियार पेस्तोल २ थान, गोली ७ राउण्ड, मोटरसाईकल ४ थान, मोबाईल ४ थान, ल्यापटप २ थान, सिम कार्ड थान ७ बरामद गरिएको उहाँले बताउनुभयो ।

कुशवाहामाथि घरबाट कलैया फर्किने क्रममा गत जेठ ३२ गते गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाको बीरगंज स्थित मेडिसिटी ब्योधा अस्पतालमा मृत्यू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *