एजेन्सी । इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति भएको छ । लेबनानमा युद्धविराम गर्ने प्रस्तावलाई मंगलबार राति इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको थियो । इजरायलले स्थानीय समयानुसार बुधबार बिहान ४ बजेदेखि युद्धविराम लागू भएको छ ।
योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ । तर, युद्धविराम हुनु केही समयअघि मंगलबार लेबनानको राजधानी बेरुतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी भएको थियो । जुन बमबारी युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ठानिएको सीएनएनले जनाएको छ । आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । यसअघि सोमबार पनि ५५ जनाको मृत्यु भएको थियो । इसरायल र हिजबुल्लाहबीच दुई महिनादेखि जारी युद्धमा लेबनानमा हजारौंले ज्यान गुमाइसकेका छन् ।
तत्कालका लागि ६० दिनसम्म चल्नेगरी गरिएको यो शान्ति सम्झौतालाई दीर्घकालीन शान्ति सम्झौतामा परिणत गर्नेगरी काम अगाडि बढाइने मध्यस्थकर्ता देशहरूले बताएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts