वेस्ट बैंकमा इजरायली सेनाद्वारा २ प्यालेस्टाइनीको हत्या

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । उत्तरी वेस्ट बैंकको जेनिनको दक्षिणमा रहेको याबाद शहरमा छापा मार्ने क्रममा इजरायली सेनाले गोली हानी दुई प्यालेस्टाइनीको हत्या गरेको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरका अनुसार एक युवकलाई छाती र अनुहारमा गोली लागेको थियो ।

अर्का युवकलाई टाउकोमा गोली लागेको उहाँले बताउनु भयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दुई प्यालेस्टाइनीहरू १३ वर्षीय मुहम्मद रबी जमाल हमरसेह र २० वर्षीय अहमद महमूद जाइदको रूपमा पहिचान गरेको छ ।

ADVERTISEMENT
  1. सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज