बेइजिङ । चीनले सन् २०२७ को अन्त्यसम्ममा अझ सुदृढ दीर्घकालीन संयन्त्र स्थापना गर्ने लक्ष्यका साथ खाद्यान्नको क्षति र बर्बादी कम गर्न एक कार्ययोजनाको घोषणा गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषद्को सामान्य कार्यालयहरूले अगाडि सारेको योजनाअनुसार खाद्यान्न नोक्सानी र खेरजाने क्रमलाई नियन्त्रण गर्न लागिएको हो ।
सन् २०२७ को अन्त्यसम्ममा चीनको खाद्यान्नको उत्पादन, भण्डारण, ढुवानी र प्रशोधनका क्रममा हुने नोक्सानी दर औसत अन्तर्राष्ट्रिय स्तरभन्दा कम हुनेछ । सरकारले क्याटरिङ उद्योग, सरकारी कार्यालय र विद्यालयका क्यान्टिन र अन्य स्थानमा हरेक व्यक्तिले खेर फाल्ने खाद्यवस्तुलाई उल्लेखनीय रूपमा नियन्त्रण गर्न निर्देशन दिइसकेको छ ।
यस योजनाले खानाको बचतको राष्ट्रिय जागरूकता बढाउने, खानपान उद्योग र सरकारी क्यान्टिनहरूमा खेरजाने खाद्यान्नलाई नियन्त्रण खाद्यान्नको अनावश्यक नोक्सानी र खेर फाल्ने दरलाई नियन्त्रण गर्नेछ । रासस/सिन्हृवा ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा