काठमाडौं । ५८ वर्षअघि निर्माण भएको चलचित्र ‘माइतीघर’कै नामबाट नयाँ चलचित्र निर्माण हुनेभएको छ । रोहित अधिकारीले यो चलचित्रको निर्माणको घोषणा गर्नुभएको हो । सामाजिक कथावस्तुमा यस चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नुहुनेछ ।
चलचित्रको निर्माण घोषणासँगै सिनेमाघरमा आउने मिति तय गरिएको छ । चलचित्र आगामी वर्षको दशैँमा सिनेमाघरम आउने मिति तय गरिएको छ । चलचित्रका लेखक रामशरण पाठक हुनुहुन्छ ।
५८ वर्षअघि निर्माण भएको चलचित्र ‘माइतीघर’ निजी क्षेत्रको लगानीबाट बनेको पहिलो चलचित्र थियो । त्यहीँ नामबाट सापटी लिएर रोहितले यो चलचित्र निमार्ण गर्न लाग्नुभएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts