सिड्नी । सत्यराज र स्वरूपराज आचार्य अष्ट्रेलियाको सिड्नीमा गुञ्जिनुहुने भएको छ । आउँदो डिसेम्बर ६ मा फ्लेभर्स अफ नेपालको आयोजनामा सिड्नीको ग्रयानभिलस्थित टाउन हलमा ‘द सत्य-स्वरूप शो’ हुन लागेको हो ।
फ्लेभर्स अफ नेपालका राजेश केसीले कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी दिनुभयो । सिड्नीमा हुने शोपछि यो कार्यक्रम डिसेम्बर ९ मा न्यू क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा ओलगंगमा उनीहरूको सांगीतिक प्रस्तुति रहने केसीले जानकारी गराउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts