
काठमाडौं । पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२४’ फारम खुला गरिएको छ । आयोजक संस्था स्टार इन्टरटेनमेन्टले पाँचौ संस्रकणका लागि फारम खुला गरिएको जनाकारी गराएको हो । अवार्ड यसपटक थाइल्याण्डको राजधानी बैंककमा गरिने लक्ष्य रहेको आयोजक संस्था स्टार इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले बताउनुभयो ।
नेपाली गीतसंगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड आयोजना हुँदै आएको उहाँको भनाइ छ । कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा समाजिक व्यक्तित्वहरूलाई सम्मान पनि गरिने छ ।
आयोजक संस्थाको कार्यालय शंखमूल तथा अनलाइनबाट पनि अवार्डका लागि फरम भर्न सकिने अवार्डकी संयोजक सरिता भारतीले जानकारी गराउनुभयो । यही मंसिर मसान्तसम्म आयोजक पक्षलाई फारम बुझाईसक्नुपर्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच