
मड्रिड । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस लिगको अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ । आयतबार राती लेगानेसमाथि ३-० को प्रभावशाली जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको हो ।
बार्सिलोनासँग रियलले अब चार अंकमात्रको दूरी कायम गरेको छ । खेलमा रियलका केलियन एमबाप्पे, फेडेरिको भाल्भर्डे र जुड बेलिंगमले गोल गर्नुभयो । खेलको ४३औँ मिनेटमा भिनिसियस जुनियरको क्रसलाई एमबाप्पेले गोलमा परिणत गर्दै रियलको खाता खोल्नुभएको थियो ।
फ्रान्सेली स्ट्राइकर चार खेलपछि रियलका लागि गोल गर्न सफल हुनुभयो । त्यसपछि ६६औँ मिनेटमा अर्दा गुलरको पासमा भाल्भर्डेले दोस्रो गोल थप्नुभयो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा बेलिंगमले अर्को गोल गर्दै रियललाई सहज जित दिलाउनुभयो ।
बार्सिलोनाले १४ खेलबाट ३४ अंक जोडेको छ भने रियल १३ खेलबाट ३० अंकमा पुगेको छ । तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड रियलभन्दा एक अंकले पछाडि छ ।
रियलले च्याम्पियन्स लिगमा बुधबार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो चरणमा एसी मिलानसँग ३-१ को हार बेहोरेको रियलले लेगानेसविरुद्धको जितमार्फत् लयमा फर्किने संकेत दिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच