जुम्ला । भारतकाे कर्नाटकमा आयाेजना भएकाे अल्ट्रा ट्रेस रेसमा जुम्लाकी तीन जना चेलीले चमत्कारी खेल प्रर्दशन शानदार जीत हासिल गरेकि छन् । कर्नाटकमा आयाेजित ८ औं ‘टेकिओन मलनद अल्ट्रा ट्रेल रेस’ मा जुम्लाका तीन धाविकले उत्कृष्ट प्रर्दशनसंगै जीत हासिल गरेका हुन् । टेकिओन मलनद अल्ट्रा ट्रेल रेसअन्तर्गत हरेक वर्ष ५० र २० किलाेमिटर दुरीका दाैड प्रतियाेगिता हुदैँ आएकाे छ ।
यसवर्षकाे प्रतियाेगितामा ५० किलाेमिटर दाैड तर्फ विभिन्न देशका खेलाडीलाई पछि पार्दै जुम्ली चेली राज्यलक्ष्मी रावल प्रथम भएकी छन् भने साेहि ५० किमी दुरीकाे दाैडमा जुम्लाकै चेली मिमु बुढा द्वित्तिय भएकी छन् । साथै ३० किलाेमिटर दाैड तर्फमा जुम्लाकै चेली कल्पना बुढा पनि प्रथम भएकी छन् ।
प्रतियाेगितामा प्रथम द्वित्तिय भए बापत खेलाडीले नगद पुरस्कार प्राप्त गरेनन् । तर अन्तर्राष्ट्रिय विभिन्न प्रतियाेगितामा सहभागी हुने मान्यता पाउने छन् । कर्णाली खेलकुद क्लबका अध्यक्ष सराेज शाहीकाअनुसार याे अन्तर्राष्ट्रिय स्तरकाे क्वालिफाइ गेम हाे । यसले अंक जाेड्छ । खेलाडीलाई एक्पाेजर गर्छ ।
आगामी दिनमा विश्वका कुनै पनि देशमा हुने अल्ट्रा ट्रेल रेसमा सहभागी हुन याे दाैडकाे जित महत्वपूर्ण मानिन्छ । साथै दुई जना प्रथम र एकजना द्वित्तिय आएका खेलाडीले निर्धारित दुरी कति समयमा पार गरेकाे बारे अफिसियल घाेषणा हुन बाँकी रहेकाे क्लबका अध्यक्षले जानकारी दिनुभयो ।
'अन्तर्राष्ट्रिय स्तरकाे दाैडमा प्रथम, भएर जुम्ली चेलीले उत्कृष्ट खेल प्रर्दशन गरेकी छन् ।' प्रशिक्षक विश्वकिर्तिमानी धावक हरि राेकायाले भन्नुभयो ,"याे जित एतिहासिक हाे । विभिन्न देशका अनुभवी खेलाडीलाइ पछि पार्दै जुम्ली चेलीले देखाएकाे उत्कृष्ट खेल काैसलताले सफलता मिलेकाे छ । अब अन्य खेलमा पनि भाग लिन सहज हुने छ ।"
भारतकाे कर्नाटकमा हुने टेकिओन मलनद अल्ट्रा ट्रेल रेस प्रतियाेगितालाई एटीएम (एशिया ट्रेल मास्टर), आईटीआरए (इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन) र यूटीएमबी (अल्ट्रा-ट्रेल डु मोंट ब्लाङ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले मान्यता दिएका छन् । टेकिओन मलनद अल्ट्रा ट्रेल रेस प्रतियाेगिता जित्नेले सहजै अन्तर्राष्ट्रिय स्तरका दाैडमा भाग लिन सहज हुने विश्वकिर्तिमानी धावक राेकायाकाे भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच