कार्यालय प्रमुखविहीन हुँदा रोल्पाको एक मात्र ईलाका प्रशासन कार्यालयको कामकाज ठप्प

एल.बि. मगर रोल्पा

रोल्पा । रोल्पाको घर्तीगाउँ ईलाका प्रशासन कार्यालय दुई साता देखि प्रमुखविहीन हुँदा कार्यालयको कामकाज ठप्प हुँदै आएको छ । रोल्पाको सदरमुकाम बाहिरको एक मात्र ईलाका प्रशासन कार्यालय घर्तिगाउँ करिब दुई साता देखी कार्यालय प्रमुखविहीन हुँदा कार्यालय बाट दैनिक रूपमा प्रवाह हुने नागरिता बितरण तथा प्रमाणितका सबै कामकाज बन्द भएको कार्यालयले बताएको छ ।

कार्यालय प्रमुख नहुँदा नेपाली नागरिताको प्रमाणपत्र लिन तथा ईलाका प्रशासन कार्यालय बाट हुने अन्य प्रमाणित सम्बन्धि कामकाजको सेवा लिन पुनः सदरमुकाम जानु परेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय स्तरमै पाउँदै आएको सेवा सुबिधा लिन सदरमुकाम जानू पर्दा खर्चिलो र झन्झटिलो भएको गुनासो समेत स्थानीयले गरेका छन् ।

ईलाका प्रशासन कार्यालयका अनुसार ६ महिना पहिले कार्यालयको कायम मुकायम मुककर (कार्यालय प्रमुख) को जिम्मेवारी पाएका नायब सुब्बा गण बहादुर बिकको अवधि कार्तिक २७ गते सकिएपछि कार्यालय प्रमुखविहीन भएको ईलाका प्रशासन कार्यालयले बताएको छ।

ADVERTISEMENT

कार्यालयले एक सूचना प्रकाशित गरि कार्यालय प्रमुखविहीन हुँदा नागरिता र प्रमाणित सम्बन्धि सबै कामकाजहरु बन्द भएको समेत बताएको छ । कार्यालयका अनुसार कार्यालय प्रमुखविहीनको बारेमा सम्बन्धित निकायमा जानकारी गराएको भएपनि हाल सम्म कुनै सुनुवाइ भएकाे छैन ।

उक्त ईलाका प्रशासन कार्यालयले रोल्पाको माडि, परिवर्तन, गङगादेव गाउँपालिका र त्रिबेणी गाउँपालिकाको एउटा बाहेक सबै वडा, थवाङ गाउँपालिकाको तीन वटा वडा र रुन्टिगढि गाउँपालिकाको दुई वटा वडाका जनताहरुलाई प्रशासनिक सेवा सुबिधा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज