
काठमाडौं । पहिलोपल्ट आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ शहरको प्रतिनिधित्व रहने गरी फेन्चाइज टोली घोषणा गरिएको छ । पहिलोपल्ट आयोजना हुन लागेको एनकेएलमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढी गरी ६ शहरको प्रतिनिधित्व रहने गरी फ्रेन्चाइज टोली घोषणा भएको हो ।
एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले पत्रकार सम्मेलन आयोजना गर्दै पहिलो संस्करणको एनकेएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको घोषणा गरेको हो । यससँगै लामो समयदेखि नेपालका पुरुष कबड्डी खेलाडीको फ्रेन्चाइज लिग खेल्ने लक्ष्यको शुभारम्भ भएको छ । गृहमन्त्री रमेश लेखकले लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीका शहर सार्वजनिक गर्नुभएको हो ।
सोही अवसरमा एनकेएलको लोगो र ट्रफी पनि सार्वजनिक गरिएको थियो । अखिल नेपाल कबड्डी संघले आगामी १० वर्षसम्मका लागि एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिलाई लिग आयोजना गर्ने अधिकार दिएको थियो ।
गृहमन्त्री लेखक र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले उक्त ट्रफी सार्वजनिक गर्नुभएको थियो । यद्यपि अहिलेसम्म एनकेएल आयोजनाको मिति भने तय भएको छैन ।
कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपालमा पहिलोपल्ट आयोजना गर्न लागेको कबड्डी लिगले छुट्टै उत्साह र उमंग हुने आशा व्यक्त गर्नुभयो । कबड्डी संघका महासचिव अरविन्दकुमार झाले नेपालका कबड्डी खेलाडी र प्रशिक्षकको सपना र संघको लक्ष्यका रूपमा रहेको कबड्डी लिग आयोजनाको शुभारम्भ हुनु सुखद क्षण रहेको धारणा राख्नुभयो ।
लिगका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष हमित बेगानीले नेपाल कबड्डी लिग खेलमात्र नभएर सारा युवाको सपना रहेको र नेपाली कबड्डीलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्य रहेको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच