डडेल्धुरा । जेसिज भलिबल कपको उपाधि जिएसएम विल्डर्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाली सेनाको अर्जुनवाण गणलाई हराउँदै जिएसएम विल्डर्सले उपाधि जितेको हो ।
उपाधिसँगै जिएसएम विल्डर्सले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । डडेल्धुरा जेसिज वर्ष २०२४ ले खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।
डडेल्धुरा बहुमुखी क्याम्पसको मैदानमा भएको प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका थिए । बेष्ट अफ फाइभमा खेलाइएको अन्तिम प्रतियोगिताको पाँचौँ सेटमा जिएसएम विल्डर्सले १५-११ अंकले अर्जुनवाण गणलाई पछि पार्दै उपाधि उचालेको हो ।
उपविजेता अर्जुनवाण गणले २५ हजार ५५५ रुपैयाँ पुरस्कार पायो । मिसन निशान्त कालिज फर्म तेस्रो भयो । उसले १५ हजार ५५५ रुपैयाँ पायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जिएसएम विल्डर्सका वलदेव धामी बन्नुभयो । उहाँले पाँच हजार रुपैयाँ पाउनुभयो । उत्कृष्ट स्पाइकर आशिक सुनार र उत्कृष्ट डिफेन्सर सुदिप छन्त्याल बन्नुभयो । उहाँहरू अर्जुनवाणका खेलाडी हुनुहुन्छ ।
उत्कृष्ट सेटर सागर जैरु र उत्कृष्ट ब्लकर भरत विक हुनुभयो । डडेल्धुरा जेसिजले जेसिज सप्ताह कार्यक्रमअन्तर्गत खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा