
काठमाडौं । १९ औँ संस्करणको ‘मिस टिन नेपाल-२०२४’ को उपाधि सारा पाण्डेले चुम्नुभएको छ । काठमाडौं जेसिजले आयोजना गरेको मिस टिन नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उहाँले मिस टिन नेपालको उपाधि चुम्नुभएको हो ।
पाण्डेले ५० हजार रुपैयाँ नगदसहित विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्नुभएको छ । शीर्ष उपाधिसँगै उहाँले मिस फोटोजेनिक विधामा ताज र विभिन्न उपहारसमेत प्राप्त गर्नुभयो ।
त्यसैगरी फस्ट रनर अपमा सुविका उपाध्याय र सेकेण्ड रनर अपमा समृद्धि पोख्रेलले उपाधि हासिल गर्नुभयो । फस्ट रनर अपले ३० हजार नगद र सेकेण्ड रनर अपले २० हजार नगद प्राप्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच