मुम्बई । बंगला टिभी शो तथा सिरियलकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ । २४ वर्षीया एन्ड्रिलालाई शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उहाँलाई सिपीआर दिइएको थियो । यसपछि उहाँको स्वास्थ्यमा केही सुधार भए पनि आइतबार उहाँको निधन भएको हो । उहाँलाई हावडाको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
उहाँले टिभी शो ‘झुमुर’ पछि धेरै लोकप्रिय सिरियलमा काम गर्नुभएको थियो । जसमा ‘जीवन ज्योति’ जस्ता चर्चित सिरियलहरू रहेका छन् । उहाँले ‘भगर’ वेब सिरिजमा पनि काम गर्नुभएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts