काठमाडौं । नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यू-१४ एसियाली टेनिस प्रतियोगिता अन्तर्गत-सर्किट वानको गल्र्स सिंगल्समा पहिलो हुनुभएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिहीबार भएको फाइनलमा शिभालीले बंगलादेशी हुमिराह हैदरलाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्नुभएको थियो । शिभालीको यो दोस्रो स्वर्ण हो । यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गल्र्स डबल्समा पहिलो हुनुभएको थियो ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिस नन्दाको जोडी पहिलो बन्नुभयोे । उक्त जोडीले फाइनलमा भारतका हर्ष मर्वाहा र बंगलादेशका मोहमद रकिन रहमानको जोडीलाई ७-६, ६-३ को सोझो सेटमा हराएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता