काठमाडौं । निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटी एनओसीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
अध्यक्ष पदमा लड्ने विषयमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई समेत जानकारी गराइसकेको उहाँले बताउनुभयो । श्रेष्ठ अहिले एनओसीमा महासचिव पदमा हुनुहुन्छ ।
वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोजेपछि एनओसीभित्र विवाद सुरु भएको छ । एनओसीको पछिल्लो बोर्ड बैठकले विधान संशोधन गरेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीमा संशोधनका लागि पठाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts