काठमाडौं । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को भिडियो सार्वजनिक गरिएको छ । विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’मा साजिद खान, श्याम मगर, मिना परियारलगायतको अभिनय छ । मायामा धोखा पाई पीडामा रहेको युवकको पीडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।
नवराज थापाको स्वर राजकुमार बगरको संगीत रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गर्नुभएको हो । डम्बर राईको छायांकन रहेको भिडियो सत्याग्रह युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘नुनको भारी, मनको बाघले खाला जिन्दगी’लगायत दजनौं गीतका भिडियो निर्देशन गर्नु भएका पौड्यलले नेपाली कथानक चलचित्र ‘बुलाकी, ऐंचो पैंचो, कृष्ण लीला, रङेली, बिहे पास, मेला, ज्ञान शाश्त्र’लगायत चलचित्रमा प्रमुख सहायक निर्देशकका रूपमा काम गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता