झापा । प्रथम ‘झापा १-काठमाडौं कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । झापा-१ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा-१ काठमाडौं सम्पर्क समिति, काठमाडौंको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गते शनिबार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ ।
असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी वर्षाका कारण स्थगित भएको थियो । प्रतियोगितामा सातवटा टिम समावेश हुने भएका छन् । ३० वर्षमुनिका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का सातवटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
जसमा क्षेत्र नं. १ का साबिकका गाविस शान्तिनगर, बाहुनडाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागढी र चन्द्रगढीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले २१ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउनेछन् भने दोस्रो हुने टिमले ११ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउने आयोजक संस्था झापा-१ काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्ज्वल कोइरालाले जानकारी दिनुभयो ।
उक्त अवसरमा झापाका राजनीतिक दलका नेता भर्सेस झापाका कलाकारबीच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रवीन कोइराला, एलपी साँवासहितका नेताहरू खेल्नेछन् भने कलाकारका तर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सनविक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकीलगायत भिड्नेछन् ।
साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिला टिमबीच मैत्रीपूर्ण खेलसमेत हुने भएको छ । झापाबाट काठमाडौं आई बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरी उक्त खेलको आयोजना गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts