काठमाडौं । लेखान्त भुसाल निर्देशित हास्य सिरियल ‘गजब छ बा’ दर्शकमाझ आउने भएको छ । सिरियल मंसिरको पहिलो साताबाट प्रसारणमा आउन लागेको हो । मंसिरको पहिलोसातादेखि लेखान्त अफिसियल युट्युब च्यानलमार्फत प्रसारणमा आउन लागेको सिरियलमा भुसालकै लेखन छ ।
सिरियलमा रामचन्द्र अधिकारी ‘काजी बा’, सविता गुरुङ (ठूली) धर्मराज भट्टराई, मुकुन्द मैनाली, विनम खडेल, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, सविन घिमिरे, रमेश वलि, गणेश सुवेदी, दीपक बोहरा, अनिल घर्ती, किशनबाबु बस्नेतलगायत कलाकारको अभिनय रहनेछ ।
शिव विकको छायांकन रहेको सिरियलमा सन्दीप चौधरीको सम्पादन छ । विनय कार्कीको संगीत रहेको सिरयिल समाजको विकृति र विसंगति खेलाउँदै त्यसको विषयमा चेतना प्रवाह गर्न निर्माण गरिएको निर्देशक भुसालले जानकारी गराउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts