विराटनगर । छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजनामा गरी मंगलबार कोशी प्रदेश विराटनगरस्थित देवकोटा चोकमामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्ती मनाएको छ । विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी स्रष्टाहरूबाट कविता वाचन गरिएको थियो ।
उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलले अध्यक्षता गर्नुभएको थियो भने प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य तथा प्राज्ञ खेम नेपालीको विशिष्ट आतिथ्यता रहेको थियो । साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल, डा.देवी पन्थी, भक्ति दाहाल, भवानीप्रसाद पोखरेल, भुपाल अधिकारी, ऋषि तिवारी, कुमार श्रेष्ठ, शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक, प्रमोद ढकाल, निर्मला कोइराला, प्रिन्स प्रमोद, सविना श्रेष्ठ, अम्बिका खरेल उप्रेती भैरव क्षेत्री लक्ष्मण यादव, कर्ण सञ्जय, मञ्जु गिरी मीनकुमार नवोदित, रमेश खतिवडालगायत साहित्यकार, संस्कृतिकर्मी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेललगायत अतिथि वक्ताहरूले यो कार्यक्रम सान्दर्भिक रहेको बताउँदै देवकोटाको व्यक्तित्व कृतित्वको चर्चा गर्नु भयो भने संस्थाका अध्यक्ष कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटाप्रति श्रद्धाभाव अर्पण गर्नु भयो । कार्यक्रम छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गर्नुभएको थियो । छन्दवाटिका नेपालले विगतदेखि नै देवकोटा जन्मेको दिन कात्तिक २७ गते विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै आएको छ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक २७ मा भएको थियो ।
छन्दवाटिका नेपाल २०७३ सालदेखि शास्त्रीय र लोक छन्दको संवद्र्धन, विकास र प्रचारप्रसार गर्ने उद्देश्यले छन्दकवि हरि कट्टेलको संयोजन तथा अध्यक्षतामा गठन भई हालसम्म विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आइरहेको संस्था हो । सो संस्थाको गरिमा बचाइराख्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उहाँको बुझाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts