
काठमाडौं । लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो ।
हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताउनु भयो ।
‘नेपाल क्रिकेट एकतावद्ध भएर लागेकोमा खुसि लागेको छ । सबै पदाधिकारीहरुलाई समेत धन्यावाद दिन चाहान्छु । सबै टिमहरुलाई सफलताको शुभकामना समेत दिन चाहान्छु । अब हेरौं लायनले कत्तिको रोयर गर्छ ? लायनसँग जोडिन पाउँदा एकदम खुशी छु ।’ उहाँले भन्नुभयो ।
लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुनुहुन्छ ।
नेपाल क्रिकेट संघ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच