
सिड्नी । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पाकिस्तानले तीन खेलको एकदिवसीय शृंखला दुई–एकले जितेको छ । शृंखलाको पहिलो खेलमा पाकिस्तान पराजित भएको थियो । त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै पाकिस्तानले अस्ट्रेलियालाई उसैको घरमा निराश बनाएको हो ।
आइतबार भएको अन्तिम खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४१ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
पाकिस्तानको जितमा ओपनर सैम अयुबले ४२ रन बनाउनुभयो । उहाँले पहिलो विकेटका निम्ति अब्दुल्लाह सफिकसँग ८४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्याउनुभएको थियो भने सफिकले ३७ रन थप्नुभयो ।
अविजित रहनुभएका कप्तान मोहम्मद रिजवानले ३० र बाबर आजमले २८ रन जोड्नुभयो । अस्ट्रेलियाका लेन्स मोरिसले दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ३१.५ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो । अस्ट्रेलियाका सिन अबोटले ३० रन बनाउनुभयो । ओपनर म्याथ्यु सर्टले २२, एडम जाम्पाले १३ रन जोड्नुभयो ।
अस्ट्रेलियालाई सस्तैमा समेट्न साहिन साह अफ्रिदी र नसिम साहले समान तीन विकेट लिनुभयो । हृयारिस रौफले दुई र मोहम्मद हुसेनले एक विकेट हात पार्नुभयो ।
शृंखलाको पहिलो खेलमा पाकिस्तान दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले नौ विकेटको सहज जित निकालेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच