अर्घाखाँची । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची जिल्लाको १२औं साधारणसभा शनिबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । उक्त अधिवेशन मार्फत् नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
उक्त अधिवेशन मार्फत् सभापतिमा मधु अधिकारी, उपसभापतिमा दिपक बेल्बासे, सचिवमा सागर महत, सह-सचिवमा टान बहादुर थापा, कोषाध्यक्षमा सावित्रा पौडेल, सदस्यहरुमा हिमलाल पौडेल, नारायाण प्रसाद बेल्बासे, प्रकाश चुँदाली, कृष्ण परियार, सम्झना खनाललगायत चयन भएका छन् । यस्तै सदस्यमा रमेश मरासिनी र प्रदिप आचार्यलाई मनोनित गरिएको छ ।
१२औँ साधारण सभा कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका पूर्व नगरप्रमुख कमल प्रसाद भुसालले शान्ति समाजले समाजमा दबिएर रहेका आम नागरिकको मुद्दालाई बाहिर ल्याउन आवश्यक रहेको बताउनुभयाे । कसैको दबाब प्रभावमा नपर्न समेत उहाँले आग्रह गरे । यस्तै शान्ति समाजका केन्द्रीय सचिव सन्तोष अधिकारी क्षेत्रीले यो संगठनले केवल अधिकार क्षेत्रमा मात्र काम गर्ने बताउनुभयाे ।
कार्यक्रममा शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष सारदा भट्टराई, शिक्षक महासंघका अर्घाखाँचीका अध्यक्ष नम बहादुर रानाभाट, कपिलबस्तुका अध्यक्ष गोविन्द पोख्रेल, भूमि आयोग अर्घाखाँचीका पूर्व अध्यक्ष यादव प्रसाद घिमिरे, शान्ति समाज नवलपरासी शाखा सभापति शिव प्रसाद पौडेल, शान्ति समाज कपिलबस्तुका पूर्व सभापति माधव घिमिरेलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम शान्ति सेवा समाज अर्घाखाँचीका सभापति निलकण्ड भुसालको अध्यक्षता, पूर्व सभापति अशोक पौडेलको स्वागत मन्तव्य र सागर महतकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।







Breaking news with related posts