अर्घाखाँचीमा राहदानी बनाउनेको संख्या बढ्दो

अविजित पन्थी

अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैदेशिक रोजगार, विद्यार्थी अध्ययन र भ्रमणका लागि राहदानी बनाउनेको संख्या पछिल्लो समय बढेको छ । गएको पाँच महिनामा जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ८१ जनाले राहदानी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा सामान्य सिफारिसतर्फ ३ हजार १४ जना र द्रुत सेवा सिफारिसतर्फ ६७ जना गरी ३ हजार ८१ जनाले राहदानी बनाएका छन् ।

यस आँकडालाई नियाल्दा जिल्लामा दैनिक दुई दर्जन जना भन्दा बढीले राहदानी बनाउने गरेका छन् । पछिल्लो समय दैनिक साढे दुई दर्जनको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।

ADVERTISEMENT

मंसिरमा मात्रै सामान्य सिफारिसतर्फ ४ सय ६४ र द्रुत सेवा सिफारिसतर्फ १५ गरी ४ सय ७९ जनाले राहदानी बनाएको अधिकृत पन्थीले बताए ।

त्यसै गरी वंशजको आधारमा नागरिक लिने २४०५ , वैवाहिक अंगिकृत २ र गैर आवासिय नागरिकता ४ जनाले लिएका छन् । अर्घाखाँची जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता गराउने पछिल्लो पाँच महिनामा ७३१२ रहेका छन् भने मंसीर मसान्त सम्म ३६४० जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?