✍️ सुरेश भट्ट
जाँदैन गति अघि
जस्को छ दुष्ट सती ।
व्यभिचारी छ पति
बिग्रन्छ सबको मति ।
गति मति बिग्रेसी
के काम कुवा जलेसी ।
थुतुने कर्कशाले
घर्डुब्छ दुर्दशाले ।
सद्भाव वचन गयो
दुर्वाच्यले ठाउँ लियो ।
राम्रो गुण मतिको
हुन्न एक खति भो ।
गाली गल्ति बढ्न गो
सन्तानमा सर्दै गो ।
दुष्ट्याईं अनादर
अराजक परिवार ।
बिर्धी बिबिर्धि सारा
घर हुन्छ जात्रा पारा ।
परिवार र राज्य
बिग्य्रो भए विभाज्य ।
केरा, छोरा छुट्यायो
सप्रन्छ राम्रो उदायो ।
राज्य फोडे डुबायो
कल्ले घर अस्तायो ।
मेल नभए ध्वस्त
मिलापले हुन्छ कुस्त ।
घर शान्ति क्षेत्र होस् त
चरीको दूध उब्जन्छ ।
असल नारी भए
घरद्ववार सुखी रहे ।
आइमाई दुष्टले
बिचल्ली पार्छे कहे ।
घर व्यवहारको
मियो आइमाई हो ।
मियो मकियो गयो
घर्को बिचल्लि भयो ।
नभई नि नहुने
भए नि त्यही कुहिनी ।
ज्यू कुष्ट घर्मा दुष्ट
जिउँदै जल्छ रुष्ट ।
हुन्छ सधैँ अनिष्ट
जमदग्नि वशिष्ठ ।
कता छोयो जान्दिन
देखे बाँकी राख्दिन ।






