
रियो दि जेनेरियो । मैदान फर्किएको साता दिनमै ब्राजेलियन स्टार नेयमार घाइते हुनुभएको छ । सोमबार राती एएफसी च्याम्पियन्स लिगमा एष्टध्लालविरुद्ध ३-० को जित निकाल्दा नेयमार फेरि घाइते हुनुभएको हो । नेयमार खेलको ५८औँ मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो । तर, घाइते भएपछि ८७औँ मिनेटमा मैदानबाट बाहिरिनुभयो ।
यसअघि च्याम्पियन लिगमै अल ताइविरुद्ध नेयमारले एक वर्षपछि कमब्याक गर्नुभएको थियो । पुनः सोमबार राती घुँडामा समस्या देखिएपछि नेयमारले विश्राम लिनुपर्ने भएको छ । घरेलु मैदानमा हल हिलाललाई जिताउन एलेक्जान्डर मिट्रोभिकले हृयाट्रिक गर्नुभएको थियो । उहाँले खेलको १५, ३३ र ७४औँ मिनेटमा तीन गोल गर्नुभयो । जितपछि टोली चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उसले १६ गोल गर्दा पाँच गोल बेहोरेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच