ललितपुर । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरोपीडित परिवारलाई राहत वितरण गरेको छ । असोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरोपीडितका लागि सोमबार संघले कम्बल वितरण गरेको हो । ललितपुरको गोदावरी नगरपालिका-३ का पीडित परिवारलाई वडाध्यक्ष राज घिमिरेको उपस्थितिमा ८५ थान कम्बल वितरण गरिएको हो ।
संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय समिति संयोजक सविन श्रेष्ठको समन्वयमा नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्कीसहितको टिमले कम्बल खरिद गर्न एक लाख ४१ हजार ५६८ रुपैयाँ ६५ पैसा रकम पठाउनुभएको थियो । गणेश उप्रेती, राहुल केसी, सुवास थापा, विश्व पौडेल, इन्द्र खनाल, रवि श्रेष्ठ, मोहन कार्की, कृष्ण प्रधान, अरुण कार्की, सुन्दर श्रेष्ठ, सुमनकुमार दाहाल, पुष्कर पन्त, कृष्णमुरारी ढुंगेल, गोपालचन्द्र लामिछाने, प्रवेश उप्रेती, दिनेश कार्कीलगायतले आर्थिक सहयोग गरेको संघले जनाएको छ ।
संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, सहकोषाध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल ‘छन्दे’ लगायत राहत वितरणमा खटिनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts