काठमाडौं । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो पहिलोपटक नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता ट्राइनोक्स एडेसिभ प्रालिले आइतबार काठमाडौंमा एक कार्यक्रमबीच साटो सार्वजनिक गरेको हो ।
कम्पनीले ब्राण्ड एम्बासडरमा वरिष्ठ हास्य कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सञ्जय सिंघानीयाले विश्वभरका ग्राहकको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो नेपाली उपभोक्ताको पनि विश्वास जित्न सफल हुने दाबी गर्नुभयो ।
भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायित्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सुजित मधोगोरियाले बताउनुभयो । अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधि प्रयोग गर्दै साटोले मिक्सिङ, ब्लेन्डिङ र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ ।
कम्पनीका अनुसार साटो उत्पादन विशेषरूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीलाई मजबुत र दीर्घकालीन बनाउँछ । साटो उत्पादनको विशेषतामा क्रसलिङ्किङ टेक्नोलोजी, दुई प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी ३ वाटरपुफ्र समावेश गरिएको छ ।






