काठमाडौं । केटिएम नेपालले हालै बहुप्रतिक्षित ‘केटिएम ट्र्याक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम समापन गरेको छ । कात्तिक ९ र १० गते भक्तपुरको एड्भान्स राइडिङ एकेडेमीमा आयोजित कार्यक्रमले दुई सय ५० भन्दा बढी मोटरसाइकल प्रेमीलाई केटिएमका विभिन्न मोडलको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’ मा सहभागी हुने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
कम्पनीका अनुसार कार्यक्रमको पहिलो दिन सहभागीले विशेषरूपले तयार गरिएको ट्र्याकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसी र ३९० ड्युक मोडल टेस्ट राइड गर्ने अवसर पाए । साथै अनुभवी राइडरले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए, जसले सहभागीलाई सवारी सीप र सुरक्षासम्बन्धी महत्वपूर्ण सुझाव प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो ।
दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो, जहाँ प्रतिस्पर्धी प्रो रेसर, एमेच्योर र महिला गरी तीन समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ-छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, जसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो ।






