
झापा । मोरङको बेलबारीमा सम्पन्न सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा-११ फुटबल क्लबले जितेको छ । बेलारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिरहालाई ५-३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा-११ ले आठ लाख नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिरहाले चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ ।
झापा-११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, सौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङ तथा सलहेसका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गर्नुभएको थियो ।
फाइनल खेलमा मध्यान्तरअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलको ५०औँ मिनेटमा सलहेस फुटबल क्लबका अजयी मार्टिनले गोल गर्दै आफ्नो टोलीलाई १-० को अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ७१औँं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेल बराबरीमा पुर्याउनुभयो । निर्धारित समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि जित हारको निर्णय टाइब्रेकरबाट गरिएको हो ।
फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित हुनुभयो । उहाँले नगद पाँच हजारसहित ट्रफी प्राप्त गर्नुभयो । झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । तामाङले १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही सात हजार नगद तथा ट्रफी प्राप्त गरे ।
यस्तै सलहेस फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गर्नुभयो । उहाँले खेल अवधिभर पाँच गोल गर्नुभएको थियो । सलहेसका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै सात हजार नगद र ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच